Lokantar
सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो । यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा मण्डलमाथि भएको प्रहरीले जनाएको छ । पीडित मण्डलले आफूमाथि अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला प्रशासन ...
Go to News Site