Lokantar
काठमाडौंको सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गरिएको नयाँ समानान्तर ट्याक्सीवे सञ्चालनमा ल्याइएको छ । नयाँ ट्याक्सीवे ‘पी’ तथा रनवे २० तर्फका ट्याक्सीवे ‘एस’ र ‘टी’ बिहीबार बिहानदेखि सञ्चालनमा ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले संयुक्त रूपमा उक्त ट्याक्सीवेहरूको उद्घाटन गरेका हुन् । नयाँ ट्याक्सीवे प्रणाली सञ्चालनमा आएपछि...
Go to News Site