Collector
आईपीएल फाइनलमा बेंगलुरु र गुजरात भिड्ने, दोस्रो उपाधिको खोजीमा दुवै टोली | Collector
आईपीएल फाइनलमा बेंगलुरु र गुजरात भिड्ने, दोस्रो उपाधिको खोजीमा दुवै टोली
Lokantar

आईपीएल फाइनलमा बेंगलुरु र गुजरात भिड्ने, दोस्रो उपाधिको खोजीमा दुवै टोली

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधिका लागि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स भिड्ने भएका छन् । अहमदाबादमा हुने फाइनल आइतबार हुनेछ । दुवै टोली आफ्नो इतिहासको दोस्रो आईपीएल उपाधि जित्ने दाउमा मैदान उत्रिनेछन्। यसअघि खेलिएको क्वालिफायर-१ मुकावलामा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलुरुले सिधै फाइनलको यात्रा तय गरेको थियो । उक्त खेलमा बेंगलुरुका कप्तान रजत पाटीदारले अविजित ९३ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलमा पुर्‍याएका हुन्। ...

Go to News Site