पूर्वीय दर्शन र वैदिक परम्पराले मानव अस्तित्वलाई केवल भौतिक शरीरको रूपमा मात्र हेर्दैन । यसले मानिसको मानसिक अवस्था, उसको उपभोगको शैली र समाजप्रतिको उत्तरदायित्वलाई गहिरो गरी विश्ल...