काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । केहीबेरअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन र नयाँ बजेटबारे छलफल हुने जनाइएको छ ।