Collector
किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ | Collector
किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ
Lokantar

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

ललितपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- २२ भैँसीपाटी बस्ने भारत मोतिहारी घर भएका ५४ वर्षीय रमेश साह छन् । उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । रमेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Go to News Site