Lokantar
सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका- १ बस्ने ५५ वर्षीय सहदेव लौगीको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँस्थित खेतमा पानी तान्ने विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Go to News Site