Collector
आगामी आर्थिक वर्षको बजेटमाथि सोमबारदेखि प्रतिनिधिसभामा छलफल | Collector
आगामी आर्थिक वर्षको बजेटमाथि सोमबारदेखि प्रतिनिधिसभामा छलफल
Lokantar

आगामी आर्थिक वर्षको बजेटमाथि सोमबारदेखि प्रतिनिधिसभामा छलफल

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार, दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथि छलफल हुने तय भएको हो। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित "आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्रीको प्रस्तावपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल प्रारम्भ हुने सचिवालयले जनाएको छ।...

Go to News Site