Collector
रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु | Collector
रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
Lokantar

रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित शहीद मार्गअन्तर्गत कालापहर क्षेत्रमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अस्थायी नम्बर प्लेट एमएच १४ टीसीजे ४७१ भएको पिकअप जीप दुर्घटना हुँदा एक महिला र दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए । हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त जीप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Go to News Site