Collector
भेप तस्करी प्रकरण : नासु खड्कालाई थुनामा पठाउने आदेश | Collector
भेप तस्करी प्रकरण : नासु खड्कालाई थुनामा पठाउने आदेश
Lokantar

भेप तस्करी प्रकरण : नासु खड्कालाई थुनामा पठाउने आदेश

विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा (नासु) रेवन्त खड्कालाई थुनामा राख्न आदेश गरेको छ । अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज खड्कालाई थुनामा पठाउन आदेश गरेको हो । सुटकेशमा विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा नासु खड्कामाथि मुद्दा चलेको थियो । व्यावसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा भेप ल्याइएको भेटेपछि सुटकेश बरामद गरेको थियो ।

Go to News Site