Lokantar
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री खनाल र चौथाईवालेबीच शनिबार बिहान नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको हो । उच्चस्तरीय भेटघाटमा नेपाल र भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विषयमा फलदायी छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । भेटवार्ताका क्रममा मुख्य गरी दुई देशबीचको आपसी द्विपक्षीय हित र सम्बन्धलाई थप सुदृढ बनाउने, राजनीतिक दलहरूबीचको आपसी ...
Go to News Site