शपथपछि सिंहदरबार पुगेर अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण [तस्वीरहरू]
Lokantar

शपथपछि सिंहदरबार पुगेर अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण [तस्वीरहरू]

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएपछि केसीले सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।  प्रतिनिधिसभाका अन्य नवनिर्वाचित सदस्यको शपथ भोलि चैत १२ गते बिहीबारका लागि तोकिएको छ । ज्येष्ठ सदस्य केसीले नै सांसदहरूलाई शपथ गराउने छन् ।  नयाँ सभामुख चयन नहुँदासम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन् ।

Go to News Site