६३ सांसदले नेपालीबाहेकका मातृभाषामा शपथ लिने
Lokantar

६३ सांसदले नेपालीबाहेकका मातृभाषामा शपथ लिने

प्रतिनिधिसभामा ६३ जना सांसदले मातृभाषामा शपथ लिने भएका छन् । बिहीबार दिउँसो पौने १ बजेसम्म प्राप्त जानकारी अनुसार ६३ सांसदले मातृभाषामा शपथ लिने भएका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अहिलेसम्म ६३ जनाको नाम प्राप्त भएको जानकारी दिए । शपथको बेलासम्म यो संख्या केही बढ्न सक्ने सम्भावना पनि छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउँदैछन् ।

Go to News Site