Lokantar
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले आफूहरूले रचनात्मक प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारमा उपस्थित उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै जनताको कार्यदेशअनुसार प्रतिपक्षमा रहेर संसदीय भूमिकामा रहेर काम गर्ने बताए । उनले विगतको संसदीय अनुभवलाई आफ्नो कार्यकालमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Go to News Site