Lokantar
घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
Go to News Site