कांग्रेसका सभापति थापाले दिए प्रधानमन्त्री शाहलाई बधाई
Lokantar

कांग्रेसका सभापति थापाले दिए प्रधानमन्त्री शाहलाई बधाई

नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री शाहसँगै मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । ‘देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ,’ थापाले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।

Go to News Site