गृहमन्त्री गुरुङ र सुरक्षा प्रमुखबीच प्रतिवेदन कार्यान्वयनबारे छलफल
Lokantar

गृहमन्त्री गुरुङ र सुरक्षा प्रमुखबीच प्रतिवेदन कार्यान्वयनबारे छलफल

गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालसँग गृह मन्त्रालयमा छलफल गरेका छन् । शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् गठन भएसँगै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङले सुरक्षा प्रमुखसँग करिब एक घण्टाभन्दा बढी समय संवाद गरेका हुन् । छलफलमा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा समेत कुराकानी भएको स्रोतले जनाएको छ । उक्त प्रतिवेदनमा भदौ २३ र २४ गतेका घटनासम्बन्धी केही उच्च पदस्थ व्यक्तिमाथि कारबाही सिफारिस गरिएको थियो ।

Go to News Site