Lokantar
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ । बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइल चालकले चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्दै आएका जनगुनासो बढेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो । पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरले...
Go to News Site