Collector
दाउन्नेमा बस दुर्घटना, सात जना घाइते | Collector
दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
Lokantar

दाउन्नेमा बस दुर्घटना, सात जना घाइते

काठमाडौंबाट भैरहवातर्फ आउँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ । लु २ ख ६८२३ नम्बर बस लु २ ख ९४९ नम्बरको ट्रकसँग ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् । बस पछाडिबाट ट्रकसँग ठोक्किएर दुर्घटना भएको बर्दघाट ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर माधव चौधरीले जानकारी दिए । घाइतेको अवस्था सामान्य भएको चौधरीले जानकारी दिए ।

Go to News Site