Collector
रास्वपा कास्की सभापतिमा अधिकारी, एक मतले जिते चुनाव | Collector
रास्वपा कास्की सभापतिमा अधिकारी, एक मतले जिते चुनाव
Lokantar

रास्वपा कास्की सभापतिमा अधिकारी, एक मतले जिते चुनाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी एकराज न्यौपानेलाई एक मतले पराजित गर्दै अधिकारी सभापतिमा निर्वाचित भएका हुन् । उनी एक सय १५ प्राप्त गरी सभापतिमा चुनिँदा न्यौपानले एक सय १४ मत प्राप्त गरे । कुल दुई सय ९० मतदातामध्ये दुई सय ३३ मत खसेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट जिल्ला उपसभापतिमा चिनबहादुर गुरुङ, सचिवमा विश्वराज पौडेल, सहसचिवमा सुजन बस्ताकोटी निर्वाचित भएका छन् । ...

Go to News Site