Collector
Giriş Yap
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी | Collector
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन् । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भएका हुन् । पार्टीका गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा र सहसचिवमा योगेन्द्रजङ्ग बस्नेत विजयी भएका छन् ।

Go to News Site