Collector
Giriş Yap
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ | Collector

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले क्रोएशिया, स्विट्जरल्यान्ड, अस्ट्रेलिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ...

Go to News Site