Collector
Giriş Yap
बजेटमाथिको सामान्य छलफल आगामी बैठकमा जारी रहने | Collector

बजेटमाथिको सामान्य छलफल आगामी बैठकमा जारी रहने

प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल आगामी बैठकमा पनि जारी रहने भएको छ । सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त जानकारी गराए । प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल आजदेखि प्रारम्भ भएको हो । यसअघि बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित सोसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बजेटमाथिको सामान्य छलफलमा लीमा अधिकारी, नरेन्द्रकुमार केरुङ, पुष्पराज कँडेल, विपिनकुमार आचार्य, रेनुका काउँचा, अर्जुनकुमार क...

Go to News Site